चलचित्र ‘चिराग’को ‘फूल बनि फुल्थे’ गीत सार्वजनिक
काठमाडौँ । आगामी मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चिराग’को गीत ‘फूल बनि फुल्थे’ सार्वजनिक गरिएको छ ।
दिपक लिम्बु र अस्मिता अधिकारीको स्वर रहेको सार्वजनिक गीतमा शब्द र संगीत त्यागमूर्तिको छ ।
प्रेम भावको उक्त गीतको भिडियोलाई पूर्ण भिएफएक्स गरेर निर्माण गरिएको छ । भिडियोमा त्यागमूर्ति र संकला गौतमलाई फिचर्ड गरिएको छ । चिरागको यसअघि एक पोस्टर सार्वजनिक गरिएको छ । जसमा त्यागमूर्ति तेस्रोलिंगीको भूमिकामा देखिएका थिए । अहिले सार्वजनिक गीतमा उनी पुरुषकै भूमिकामा छन् ।
त्यागमूर्ति चलचित्रका मुख्य कलाकार समेत हुन् । उनी चिरागमा तेस्रोलिंगीलाई फरक तरिकाले प्रस्तुत गरिएको चलचित्र भएको बताउँछन् ।
चलचित्रमा त्यागमूर्तिसँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, सुभाष गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय छ ।
चलचित्रका निर्माता संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति हुन् । हरिनन्दा ब्यानरमा निर्माण भएको फिल्म त्यागमूर्तिले निर्देशन गरेका हुन् । राहुल राई र मेफुज अन्सारीको छायाङ्कन रहेको चलचित्रमा सुभाष देवकोटाको सम्दादन रहेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण