पूर्वसभामुख महराविरूद्धको अभियोगपत्र अदालतमा पेस
सारांश
- पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध सरकारी वकिलले अदालतमा अभियोगपत्र पेश गरेको छ।
- प्रहरीले महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो।
- इलेक्ट्रिक चुरोट 'भेप'मा लुकाएर ल्याएको सुनबारेको अभियोगपत्र अदालतमा पेश गरिएको छ।
काठमाडौँ । पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध सरकारी वकिलले अदालतमा अभियोगपत्र पेस गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारेको अभियोगपत्र जिल्ला अदालत काठमाडौँमा पेस गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरी शर्मा काफ्लेले रातोपाटीलाई बताए ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।
सो प्रकरणमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुन: मुद्दा चलाउन सिफारिस गरेको थियो ।
भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महरालाई पनि अदालतमा उपस्थित गराएको छ ।
महराले यसअघिको बयानमा चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्विकारेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बयानमा उनले भनेका थिए–‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन ।’
चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि कृष्ण बहादुर महरा र उनको पुत्र राहुलले छुटाउन भूमिका खेलेका हुन् । राहुल यसअघि पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण