प्रधानमन्त्री कार्कीको हवाला दिँदै चन्दा सङ्कलन
सारांश
- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा चन्दा सङ्कलन गरिएको पाइएको छ।
- प्रधानमन्त्रीको कार्यालयले चन्दा वा सहयोग सङ्कलन गर्न कसैलाई अनुमति नदिएको जनाएको छ।
- यस्ता भ्रामक कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन र जानकारी गराउन आग्रह गरिएको छ।
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको हवाला दिँदै चन्दा सङ्कलन गरिएको पाइएको छ ।
विभिन्न परियोजना,कोष,सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग रकम,आर्थिक सङ्कलन गरिरहेको सूचना प्राप्त भएपछि साेमबार प्रधानमन्त्रीको कार्यालयले प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
'उपरोक्त सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यू तथा यस कार्यालयको तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिइएको र यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध छ,'प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रविलाल शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन तुरुन्त नजिकको स्थानीय प्रशासनलाई जानकारी गराउन समेत भनिएको छ ।
साथै नेपालबाहिर बसेर त्यस्तो अनधिकृत गतिविधि गरेको सूचना वा जानकारी भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोगमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण