गाजामा युद्धविराम भएपनि किन चिन्तित छन् यूएनका महासचिव ?
सारांश
- हमास र इजरायलबीच पहिलो चरणको युद्धविराम भयो, जसमा हमासले इजरायली बन्धकहरूलाई रिहा गर्यो।
- यूएन महासचिव गुटेरेसले युद्धविरामको स्वागत गर्दै दिगो शान्तिमा परिणत गर्न अपिल गरे।
- गुटेरेसले गाजामा आर्थिक सहयोगको आवश्यकता र राहत कार्यहरूको बारेमा चिन्ता व्यक्त गरे।
न्यूयोर्क । गाजामा हमास र इजरायलबीच पहिलो चरणको युद्धविराम भएको छ । यस अन्तर्गत हमासले आफ्नो कब्जामा रहेका २० जीवित इजरायली बन्धकहरूलाई सोमबार रिहा गरिसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना अन्तर्गत इजरायल र हमासबिच भएको यस युद्धविरामको संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसले स्वागत गरेका छन् ।
यो युद्धविरामलाई दिगो शान्तिमा परिणत गर्न उनले अपिल पनि गरेका छन् । यद्यपि, गुटेरेसले गाजामा आर्थिक सहयोगको बारेमा पनि चिन्ता व्यक्त गरे ।
‘संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले राहत कार्यहरू द्रुत गतिमा सञ्चालन गरिरहेका छन् । तिनीहरू महिनौँदेखि सम्पर्क विच्छेद भएका क्षेत्रहरूमा पुगिरहेका छन् ,’ उनले भने । तर, आवश्यकताहरू विशाल भएको अनि निरन्तर पहुँच र आर्थिक सहयोग महत्त्वपूर्ण रहेकोमा उनले जोड दिए ।
‘म सबैलाई यो युद्धविरामलाई बलियो बनाउन र यसलाई दिगो शान्तिमा परिणत गर्न अपिल गर्दछु,’ गुटेरेसले भने । सोमबार इजिप्टमा भएको शिखर सम्मेलनमा गाजा शान्ति योजनामा हस्ताक्षर गरिएको थियो । शिखर सम्मेलनमा २० भन्दा बढी देशका नेताहरूले भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण