जनमतबाट छुट्टिएर बन्यो ‘जनस्वराज’ पार्टी
सारांश
- निर्वाचन आयोगले जनमत पार्टीबाट विभाजन भएर बनेको जनस्वराज पार्टी दर्ता गरेको छ।
- जनस्वराज पार्टीको झण्डामा निलो, सेतो र रातो रङ्ग हुनेछ, र छाप गोलाकार हुनेछ।
- आयोगले जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सनाखतका लागि निर्देशन दिएको छ।
काठमाडौँ। जनमत पार्टीबाट विभाजन भएर गठन भएको जनस्वराज पार्टी दर्ता भएको जानकारी निर्वाचन आयोगले सो पार्टीलाई गराएको छ। दीपक साहको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सहित जनस्वराज पार्टी दर्ता भएको आयोगले जनाएको हो।
आयोगका अनुसार जनस्वराज पार्टीले माग गरेको झण्डामा निलो, सेतो र रातो रङ्गको ठाडो धर्का रहनेछ। जनस्वराज पार्टीले माग गरेको छाप गोलाकार हुनेछ, जसमा पार्टीको नाम अंकित हुनेछ र मध्य भागमा पार्टीको निर्वाचन चिह्न रहनेछ।
हाललाई जनस्वराज पार्टीले कुनै निर्वाचन चिन्ह माग गरेको नदेखिएकाले, आयोगमा दर्ता कायम रहेका दलहरूको चिन्हसँग नबाझिने गरी उपयुक्त चिन्ह प्रस्ताव गर्न आयोगले जनस्वराज पार्टीलाई निर्देशन दिने जनाएको छ।


- जनप्रतिनिधिहरूलाई सनाखतका लागि निर्देशन
त्यसैगरी, निर्वाचन आयोगले जनमत पार्टीबाट निर्वाचित प्रदेश सभा र स्थानीय तहका प्रतिनिधिहरूलाई निर्वाचन कार्यालयहरूमा गएर सनाखत गर्न भनेको छ।
आयोगले दिएको पत्रमा भनिएको छ, ‘नयाँ गठन भएको जनस्वराज पार्टीमा सो दल गठन हुनुभन्दा तत्काल जनमत पार्टीको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यले राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम ७ (क) बमोजिम प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष स्वयं उपस्थित भई सनाखत गराउन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने।’
यस्तो छ जनस्वराजको कार्यसमिति


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण