केन्द्रीय समिति बैठकमा सहभागी भइन् आरजु
मङ्गलबार, २८ असोज २०८२, १४ : १८
सारांश
- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा केन्द्रीय समिति बैठकमा सहभागी भइन्।
- गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आरजु राणा देउवा आफ्नै निवासमा कुटिएकी थिइन्।
- सोही घटनामा सभापति शेरबहादुर देउवा पनि कुटिएका थिए, लामो समय उपचारपछि उनीहरू सार्वजनिक भएका हुन्।
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा केन्द्रीय समिति बैठकमा सहभागी भएकी छन् ।
मंगलबारदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा आरजु सहभागी भएकी हुन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आरजु आफ्नै निवास बुढानीलकण्ठमा कुटिएकी थिइन् । त्यतिबेला उनलाई आन्दोलनकारीले कुटपिटसहित दुर्व्यवहार गरेका थिए ।
सोही उनी सभापति शेरबहादुर देउवा पनि कुटिएका थिए । लामो समय उपचारपछि उनीहरू एक महिनापछि पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण