शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजीनामा

मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

मङ्गलबार, २८ असोज २०८२, १४ : ३२
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार राजीनामा दिएका छन्।
  • मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो।
  • राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुखले जानकारी दिए।

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् ।

मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि मङ्गलबार प्रदेश सभा बैठक आह्वान गरिएको थियो ।

मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी दिएका थिए ।

प्रदेश सभामा राजीनामा दिँदै उनले बैठकको सम्बोधनमा आफ्नो राजीनामाको विषयलाई अतिरञ्जित बनाउनेदेखि स्पष्टीकरण सोधेर गरेको चरित्रहत्या सम्मको चर्चा गरेका छन् । 

सिंहले आफ्नो कार्यकालमा ७१.४८ प्रतिशत खर्च गरेर मधेस प्रदेशको इतिहासमै सबै भन्दा बढी खर्चको रेकर्ड राखेको चर्चा गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको माफियातन्त्रको अन्त गर्न हरसम्भव पहल गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप