बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द

बुधबार, २९ असोज २०८२, ०३ : २७
बुधबार, २९ असोज २०८२

सारांश

  • नेपाल एयरलाइन्सले १९ अक्टोबरको काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द गरेको छ।
  • आन्तरिक कारणले उडान रद्द गरिएको र यात्रुलाई वैकल्पिक व्यवस्था मिलाइएको छ।
  • एयरलाइन्सले नयाँ गन्तव्यको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरेको छ।

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ ।

निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ-ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिसकिएको समेत निगमले जनाएको छ ।

निगमले काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ सेक्टरको नियमित उडान तालिकाबमोजिम १६ अक्टोबरको काठमाडौँ-ग्वाञ्जाओ उडानमा ६८ जना यात्रु र  १७ अक्टोबरका लागि ग्वाञ्जाओ-काठमाडौँ उडानमा ४१ जना यात्रुहरूको टिकट बिक्री भइसकेको जनाएको छ ।

यसैगरी, २३ अक्टोबरको काठमाडौँ-ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ-काठमाडौँ उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ ।

निगमले उक्त उडानमा यात्रु सङ्ख्या कम भई रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त गन्तव्य नेपालका लागि नयाँ भएका र सो गन्तव्यको पूर्ण रुपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरूलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ ।

निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवर्द्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चारजगत लगायत सबैमा अनुरोधसमेत गरेको छ ।

nepal airlines notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप