पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस आजदेखि
बुधबार, २९ असोज २०८२, ०७ : ०५
सारांश
- पूर्वसभामुख कृष्ण बहादुर महराको सुन तस्करी मुद्दामा थुनछेक बहस आजबाट सुरु हुने भएको छ।
- महराले भेप प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।
- सरकारी वकिलले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी गरेको छ।
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस आजदेखि सुरु हुने भएको छ । यसअघि हिजो काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महरासँग बयान लिइएको थियो ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा महराविरुद्ध आजबाट थुनछेक बहस सुरु हुने भएको हो ।
महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन् । सरकारी वकिलले उनीविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण