अपडेट
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
बुधबार, २९ असोज २०८२, १० : ४१
सारांश
- लोसपाका उपाध्यक्ष जितेन्द्र सोनलले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
- माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीको समर्थन सोनललाई छ।
- कांग्रेस र एमालेलाई सरकार बाहिर राखेर सरकार गठनको प्रयास भइरहेको छ।
धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल दाबी पेस गरेका छन् । नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।
कांग्रेस र एमालेलाई सरकार बाहिर राखेर मधेस प्रदेशसमा सरकार गठनको प्रयास भएको हो । १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ ।
एमालेका एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बितसहित ९, नेकपा (एकीकृत समाजवादी) पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १–१ जना प्रदेशसभा सदस्य छन् ।
सोनलको पक्षमा पाँच पार्टीका ५६ सांसद देखिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण