‘चुनाव हुनेवाला छैन, सरकार चुनाव गराउने बाटोमा छैन’
सारांश
- केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन सही नभएको बताए, साथै फागुन २१ को चुनाव नहुने दाबी गरे।
- ओलीले वर्तमान सरकारलाई प्रतिगमनको संज्ञा दिँदै, यो सरकारले चुनाव नगराउने पनि बताए।
- उनले पार्टीभित्र विगतका अदालतका फैसला र प्रावधानले पनि प्रतिनिधि सभा विघटन स्वीकार नगर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन सही छ भनेर कहीँ कतै सोच्न नसक्ने बताएका छन् । साथै उनले फागुन २१ मा घोषणा भएको निर्वाचन पनि नहुने बताएका छन् । वर्तमान सरकारलाई प्रतिगमनको संज्ञा दिँदै उनले यस्तो बताएका हुन् । ‘चुनाव हुनेवाला छैन, यो सरकारले चुनाव गराउने बाटो पनि समातेको छैन, अवैध सरकार हो यो,’ ओलीको भनाइ छ ।
बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र यस्तो बताएका हुन् । ‘अहिले लुरुक्क, कान खसाएर, असंवैधानिक सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटनलाई मान्ने ?’ ओलीले भने, ‘ हामीलाई यस्ता कुरा मान्नै दिँदैन । कतै यो विघटन सही छ कि भनेर सोच्न पनि दिँदैन ।’
उनले विगतका अदालतका पटक पटकका फैसला र प्रावधानले समेत प्रतिनिधि सभा विघटन स्वीकार गर्न नसकिने बताए ।
ओलीले पूर्व प्रधानन्यायाधीशले आफै फैसला गर्ने अनि आफै असंवैधानिक ढङ्गले प्रधानमन्त्री हुने भन्दै प्रश्न समेत गरे । उनले योजना अन्तर्गत गरिएको प्रतिगमन भन्दै जेनजी मागसँग यो नजोडिने समेत दाबी गरे । उनले संसद् भङ्ग गर्ने, प्रधानमन्त्रीको राजीनामा माग्ने योजना नभएको भनेको भन्दै माग र आन्दोलन हाइज्याक भएको भनेर भनेको बताए ।
नेकपा एमालेमा फागुन २१ को चुनावमा भाग लिनुपर्ने आवाज उठिरहेका बेला ओलीले सुशीला कार्की नेतृत्वको सरकार र चुनावबारे ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले नेकपा एमाले सबै हिसाबले देशको प्रमुख शक्ति रहेको भन्दै जता हावा बहन्छ उतै सिमलका भुवाजस्तो उड्ने पार्टी नभएको दाबी गरे । अध्यक्ष ओलीले सचिव योगेश भट्टराईप्रति संकेत गर्दै आज बिहानको कान्तिपुर हेडलाइनर्स सुनेको बताए । संविधान, लोकतन्त्र र संसद् पुनर्स्थापनाको पक्षमा लाग्न अन्य राजनीतिक दलहरूलाई समेत आह्वान गर्दै ओलीले देश एमालेको मात्र नभएको बताए । हिजो घर छाडेका वा बाटो बिराएका नेताहरूलाई घर फर्कन समेत आग्रह गरेका छन् । उनले समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै हिँडेको भन्दै त्यस पार्टीका कार्यकर्तालाई एमालेजस्तो मजबुत घरमा फर्कन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण