सामुदायिक विकासमा सघाउँदै तनहुँ जलविद्युत् आयोजना
सारांश
- तनहुँ जलविद्युत् आयोजनाले साउन र भदौमा पाँच वटा सामुदायिक विकास योजना सम्पन्न गरेको छ।
- योजनाहरूमा झोलुङ्गे पुल मर्मत, सडक निर्माण, घाट संरक्षण र अन्य विकास कार्यहरू समावेश छन्।
- आयोजनाले समुदायसँग सहकार्य गर्दै सामाजिक विकासका कामलाई प्राथमिकता दिइरहेको छ।
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत साउन र भदौमा पाँच योजना सम्पन्न गरेको छ ।
ऋषिङ गाउँपालिका–१ र म्याग्दे गाउँपालिका–१ लिवाङखोला जोड्ने झोलुङ्गे पुल मर्मत, ऋषिङ–१ स्थित ठाँटी निर्माण तथा दुले लोक्मा पैदलमार्ग निर्माण, व्यास नगरपालिका-१ स्थित सेतीछाब्दी घाट संरक्षण, ऋषिङ–१ स्थित तल्लो सेटाङ भाल्कोन सडक निर्माण र ऋषिङ–७ स्थित कोटदरवार माच्दाङ सडक स्तरोन्नति योजना सम्पन्न भएका आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजना प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिएको हो ।
भण्डारीले उपभोक्ता समितिमार्फत सञ्चालित योजनाको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक निकायबाट नियमित रूपमा अनुगमन गरिएको बताए । उनका अनुसार यस अवधिसम्म सामुदायिक विकासतर्फका ७९ वटा योजना सम्पन्न भइसकेका छन् भने १३ वटा सञ्चालित छन् ।
व्यास–५ स्थित पराशर माध्यमिक विद्यालयको प्रवेशद्वारा मर्मत, म्याग्दे–३ को किलचोक शाखा सडकको नाली निर्माण, ऋषिङ–१ मिलन सडकको नाली निर्माण, ऋषिङ–७ को डाँडीवन चुलेसी पहुँच मार्ग, व्यास–५ को सेतीमादी घाट सुधार, भिमाद–५ को वानटाङ खोलामा पक्की पुल निर्माण जारी रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।
उनका अनुसार व्यास–५ मा पहुँच सडकसँग जोडिएको स्थानबाट गाउँतर्फ जाने सडक निर्माण, सेतीनदी दायाँ किनार संरक्षण र खानेपानी मुहान सुदृढीकरण कार्यक्रम जारी छन् । ऋषिङ–१ मा खानेपानी मुहान तथा पाइप सुधार सहयोग कार्यक्रम, खानेपानी मुहान सुदृढीकरण तथा पाइप जडान र तल्लो सेटाङ भाल्कोन सडक निर्माण भइरहेको जनाउँदै उनले भिमाद–५ को मिछुर्लुङ खानेपानी आपूर्ति योजनाका लागि विद्युतीकरणसम्बन्धी कार्य जारी रहेको बताए ।
आयोजना निर्माणका लागि समुदायको महत्त्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको भण्डारीले उल्लेख गरे । उनले भने, ‘समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौँ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण