अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबिच छुट्टाछुट्टै भेटवार्ता
सारांश
- अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वासिङ्टन डीसीमा विभिन्न भेटघाट र छलफल गरे।
- उनले नेपाल-अमेरिका व्यापार र लगानी प्रवर्द्धनका साथै सहयोग बढाउन आग्रह गरे।
- उनले साउदी फन्ड र जाइकासँग भेट गरी पूर्वाधार र मानव विकासमा लगानीबारे छलफल गरे।
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा विभिन्न दातृ निकाय र अमेरिकी उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका खनालले अमेरिकी वाणिज्य प्रतिनिधिसँगको भेटमा नेपाल–अमेरिका व्यापार र लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल गरे । सो अवसरमा उनले नेपाल ट्रेड प्रिफेन्स प्रोग्रामको म्याद थप गर्न अमेरिकी पक्षलाई आग्रह गरे । त्यसैगरी अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँगको भेटमा दुई देशबिचको सम्बन्ध सुदृढ पार्ने र आपसी हितका विषयमा विचार–विमर्श भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री खनालले साउदी फन्ड र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । ती भेटवार्तामा नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउने विषयमा छलफल भएको थियो । साउदी फन्डका प्रतिनिधिले नेपालमा सिँचाइ र जलविद्युत क्षेत्रमा निरन्तर लगानी रहने जानकारी दिएका छन् ।
जाइका प्रतिनिधिसँगको भेटमा बिपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरुङ मार्ग, र कोटेश्वर सेक्सन आयोजना छिटो अघि बढाउनेबारे समेत कुराकानी भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार मन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषका एसिया–प्रशान्त निर्देशक कृष्णा श्रीनिभासनसँग विस्तारित कर्जा कार्यक्रमको निरन्तरताबारे छलफल गरेका थिए ।
बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन, वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो अध्ययन, र वित्तीय स्थायित्व कायम राख्ने विषयमा समेत विचार आदान–प्रदान भएको पाण्डेले जानकारी दिए । भेटवार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको पनि उपस्थिति रहेको थियो । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण