बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुवेदी र न्यौपानेविरुद्ध वाईसीएल र अखिल(क्रान्तिकारी)ले साइबर ब्युरोमा दिए उजुरी

बुधबार, २९ असोज २०८२, १४ : ४९
बुधबार, २९ असोज २०८२

सारांश

  • वाईसीएल नेपाल र अखिल (क्रान्तिकारी) ले देवेन्द्र सुवेदी र बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्।
  • उनीहरूले प्रचण्डविरुद्ध सामाजिक सञ्जाल र मिडियामार्फत अफवाह फैलाएको आरोप लगाएका छन्।
  • उजुरीमा साइबर अपराधअन्तर्गत कारबाहीको माग गर्दै वाईसीएलले पक्राउ प्रयासको विरोध गरेको छ।

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएल नेपाल र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन् ।

सुवेदी र न्यौपानलेले सामाजिक सञ्जाल तथा विभिन्न मिडियामार्फत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अफवाह फैलाएको भन्दै उनीहरूले बुधबार संयुक्त उजुरी दिएका हुन् ।  

‘पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले सामाजिक सञ्जाल तथा विभिन्न मिडिया माध्यममार्फत् नेकपा(माओवादी केन्द्र) का संयोजक क. पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध ‘घर जलाइँदा अघि दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइयो’ भन्ने झुट्टा, तथ्यहीन र कपोकल्पित नियोजित प्रचार गरेका छन् । प्रमाणित नहुने आरोप लगाई जनतालाई भ्रमित पार्नु, पार्टी संगठन र नेतृत्वविरुद्ध चरित्रहत्या गर्नु तथा सर्वसाधारणलाई उत्तेजित गर्नु गम्भीर आपराधिक गतिविधि हो’, उजुरीमा भनिएको छ ।

उजुरीमा डिजिटल माध्यमबाट गरिएको गलत प्रचार÷प्रसार साइबर अपराधअन्तर्गत पर्ने भएकाले सम्बन्धित व्यक्तिमाथि कानुनी अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

यस्ता भ्रम फैलाउने माथि कारबाही गर्नुको सट्टा वाईसीएल नेपालका केन्द्रीय अध्यक्षलगायत युवा विद्यार्थी साथीहरू माथि झुटा आरोप लगाई पक्राऊ प्रयास गरिनु निन्दनीय र अन्यायपूर्ण भएको उल्लेख छ । 

cbff095c-2a86-472a-b6e6-ca2dbfa9ca61

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप