तेस्रो विश्वकप यात्रामा नेपालः पारसले भने, ‘पूर्ण सदस्यताको सपना बोकेका छौँ’
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाल क्रिकेटको तेस्रो विश्वकप यात्रालाई एक अविश्वसनीय यात्राको रूपमा व्याख्या गरेका छन् ।
नेपाली क्रिकेट इतिहासको सङ्घारमा रहेको उल्लेख गर्दै खड्काले भने, ‘हामी अहिले क्रिकेटको मैदानमा र मैदान बाहिर पनि एक निर्णायक मोडमा उभिएका छौँ।’
उनले नेपाल भित्र र विश्वभरका सम्पूर्ण सरोकारवालाहरूको अटूट साथ र सहयोगबाट नेपाल पूर्ण सदस्य राष्ट्र बन्ने सपना पहुँचयोग्य रहेको विश्वास व्यक्त गरे ।
नेपाली क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका खड्का क्यानको परिकल्पना राष्ट्रमा खेलकुदको विकास, प्रेरणा र क्रान्ति ल्याउने रहेको बताएका छन् । युवा क्रिकेटरहरूलाई प्रोत्साहित गर्दै उनले भने, ‘ब्याट वा बल बोकेका हरेक बच्चाको सपना हाम्रो पनि हो ।’
खड्काले सम्पूर्ण नेपालीलाई देशको यो यात्रामा सँगै अगाडि बढ्न आह्वान गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण