गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले डिल्लीबजार कारागार व्यवस्थापन विभागको निरीक्षण गरेका छन्।
- मन्त्री अर्यालले कारागारलाई व्यवस्थित बनाउन र फरार कैदीबन्दी पक्राउ गर्न निर्देशन दिए।
- हाल देशभरका कारागारमा ३० हजार ६४१ कैदीबन्दी रहेकोमा ५ हजार ३५९ अझै फरार छन्।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण गरी त्यहाँबाट प्रदान गरिने सेवा प्रवाह, कैदी बन्दीको सङ्ख्या र अवस्थालगायतका विषयमा जानकारी लिएका छन् ।
निरीक्षणपछि मन्त्री अर्यालले कारागारलाई साधन/स्रोत सम्पन्न बनाउन र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने सन्दर्भमा सुधारका योजना ल्याउन निर्देशन दिएका विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।
सोही अवसरमा मन्त्री अर्यालले ७७ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको कैदी बन्दी पक्राउ, खोजी नियन्त्रण कार्यदललाई सक्रिय बनाउन र जिल्लामा रहेका सुरक्षा एकाइलाई बढीभन्दा बढी परिचालन गरेर कारागार बाहिर रहेका कैदी बन्दीलाई छिटो पक्राउ गर्न पनि निर्देशन दिए ।
मन्त्री अर्यालले प्रत्येक जिल्लामा निर्वाचनको वातावरण सिर्जना गर्न जिल्ला प्रशासन कार्यालय सक्रिय हुनुपर्ने भनाइ राखे । महानिर्देशक शर्माले भने, ‘आज विभागमा गृहमन्त्री, सचिव र दुई जना सहसचिवको निरीक्षण, निर्देशन कार्यक्रम थियो, सोही अवसरमा मन्त्रीले विभागलाई अझै प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।’
महानिर्देशक शर्माका अनुसार देशैभरीका कारागारमा २९ हजार २१९ जना र बालसुधार गृहमा एक हजार ४२२ गरी जम्मा ३० हजार ६४१ जनामध्ये १४ हजार ५४९ जना कैदी फरार भएका थिए । फरार मध्ये नौ हजार २१९ फिर्ता आएका छन् भने पाँच हजार ३५९ जना अझै बाहिर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण