भक्तपुर अस्पतालले देशभर ‘प्यालियटिभ’ सेवा विस्तार गर्ने
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवा विस्तार गर्ने घोषणा गरेको छ । ‘विश्व हस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५’ का अवसरमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेले ‘बिसिएच प्यालियटिभ केयर फन्ड’ स्थापना गर्ने घोषणा गरे । सो कोषले आर्थिक रूपमा कमजोर बिरामीलाई निःशुल्क सेवा प्रदानमा सहयोग गर्ने उनले बताए ।
नेपालमै पहिलोपटक हस्पिस सुविधा स्थापना गर्ने लक्ष्य राखेको जानकारी गराउँदै उनले भक्तपुर क्यान्सर अस्पतालले सञ्चालन गरिरहको प्यालियटिभ केयरलाई थप सुदृढ बनाउने तयारी गरेको बताए ।
कार्यक्रममा मिस नेपाल २०२५ की लुना लुइँटेलले समाजका सबै वर्गले उपयोग गर्नसक्ने गरी प्यालियटिभ केयरलाई अगाडि बढाउनुपर्ने बताइन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बूढाथोकीले नेपाल सरकारले २०२५ देखि २०३५ सम्मका लागि राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको बताउँदै यसले देशभर प्यालियटिभ सेवा विस्तारमा सहयोगी हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण