बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तान र अफगानिस्तानबिच  ४८ घण्टे युद्धविरामका लागि सहमति

बुधबार, २९ असोज २०८२, २२ : १३
बुधबार, २९ असोज २०८२

सारांश

  • पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्रमा भएको भिडन्तमा दुवै पक्षका सैनिक र सर्वसाधारणको मृत्यु भएको छ।
  • दुई देशबीच ४८ घण्टे युद्धविरामका लागि सहमति भएको छ, तर यसअघि काबुलमा विस्फोट भएको थियो।
  • पाकिस्तानले अफगानिस्तानमा पाकिस्तानी तालिबानलाई आश्रय दिएको आरोप लगाएको छ, जसका कारण झडप भएको हो।

स्पिन बोल्दाक । पाकिस्तान र अफगानिस्तानबीच बुधबार ४८ घण्टे युद्धविरामका लागि सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन्।

नयाँ चरणको सीमा भिडन्तमा दर्जनौँ सेना र सर्वसाधारणको मृत्यु भएको थियो ।  काबुल र अफगानिस्तानका अन्य स्थानमा भएको विस्फोटपछि दुई छिमेकीबिच एक हप्तासम्म जारी हिंसालाई रोक्ने प्रयास स्वरूप अस्थायी युद्ध विरामको घोषणा गरिएको हो ।

तालिबान सरकारले प्रतिशोधको रूपमा आफ्नो दक्षिणी सीमाका केही भागहरूमा आक्रमण सुरु गरेपछि इस्लामावादले  कडा प्रतिक्रिया जनाएको थियो ।  इस्लामावादले अफगानिस्तानमाथि पाकिस्तानी तालिवान (टिटिपी) को नेतृत्वमा रहेको लडाकु समूहलाई आफ्नो भूमिमा आश्रय दिएको आरोप लगाएको छ।

अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएका दुई विस्फोटपछि काबुलमाथि कालो धुवाँको मुस्लो उठेको देखिएको एएफपीका पत्रकारहरूले बताएका छन्।

घटनालाई पुष्टि गर्दै तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एउटा तेल ट्याङ्कर र जेनेरेटरमा विस्फोट हुँदा आगलागी भएको बताएका छन । तर पाकिस्तानी सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार इस्लामवादले अफगानिस्तानको राजधानीमा ‘सटीक हमला’ गरेको छ।

पाकिस्तानी आक्रमणपछि काबुलमा एम्बुलेन्सहरू दौडिरहेका र सडकमा क्षतिग्रस्त भवनहरूको सिसा अछरल्ल छरिएको अवस्थामा भेटिएको एएफपीका फोटो पत्रकारहरूले जनाएका छन् । तालिवान सेनाले सहरका केही सडकलाई पनि घेरा हालेको छ ।

त्यसको एक घण्टापछि इस्लामवादले युद्ध विरामको घोषणा गरेको थियो । काबुलमा तालिबान अधिकारीहरूले सेनालाई युद्ध विरामको सम्मान गर्न आदेश दिएका छन्।

पाकिस्तानी सेनाले यसअघि अफगान तालिवानले दक्षिणपश्चिम र उत्तरपश्चिममा रहेका दुई प्रमुख सीमा चौकीमा आक्रमण गरेको आरोप लगाएको थियो ।

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक नजिकै बुधबार बिहान भएको आक्रमणमा २० तालिबान लडाकु मारिएका छन् ।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुर्भाग्यको कुरा, सर्वसाधारणलाई ध्यान नदिई उक्त क्षेत्रका रहेका गाउँहरूमा आक्रमण गरिएको थियो ।

पाकिस्तानको उत्तरपश्चिम सीमामा रातभर भएको झडपमा थप ३० जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

अफगान तालिवानले स्पिन बोल्दाक नजिकै भएको झडपमा परी १५ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएको छ ।

तालिवानका प्रवक्ता मुजाहिदले स्पिन बोल्दाक वरपर १०० सर्वसाधारण घाइते भएको बताएका थिए तर पाकिस्तानी सेनाले यसलाई ‘अपमानजनक र सरासर झुट’ भनेको छ।

पाकिस्तानले पछिल्लो झडपमा आफ्नो क्षतिको सङ्ख्या भने बताएको छैन तर गत हप्ता पहिलो झडपमा आफ्ना २३ सैनिकको मृत्यु भएको बताएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप