आर्थिक उपार्जन गर्न फूल व्यवसाय
सारांश
- लहानका शिवजी महतोले भारतमा काम गरेर फर्केपछि गाउँमै फूलखेती सुरु गरी लाखौं कमाइ गरिरहेका छन्।
- उनले दुई बिघामा फूलखेती विस्तार गरेका छन्, जसले वार्षिक २५ लाख आम्दानी दिन्छ, र १० जनालाई रोजगारी दिएका छन्।
- महतोले तिहार र विवाहको लागि फूल उत्पादन गर्छन् र उनलाई उत्कृष्ट कृषकको रूपमा सम्मान गरिएको छ।
सिरहा । विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका–३ का शिवजी महतो अहिले आफ्नै गाउँमा लाखौँ कमाइ गर्न सफल भएका छन् । भारतका विभिन्न सहरमा वर्षाैँदेखि पसिना बगाएका महतोले अहिले सिरहाको लहानमा फूलखेतीमार्फत आम्दानी गरिरहेका छन् ।
महतोले १४ वर्षअघि दुई कट्ठा जमिनबाट सुरु गरेको व्यावसायिक फूलखेती अहिले दुई बिघामा विस्तार भइसकेको छ । उनले मुख्यतया तिहार पर्व र विवाहको यामलाई लक्ष्य गरी मखमली, सयपत्रीलगायतका फूल उत्पादन गर्दै आएका छन् ।
“नर्सरीको व्यापार वर्षको केही महिना मात्र चल्ने भएकाले फूलखेती सुरु गरेको हुँ । अहिले फूल र नर्सरी दुवैबाट मनग्य आम्दानी भइरहेको छ”, महतोले भने । हाल उनले नर्सरीमा लिची, आँप, सुनकागतीलगायतका झण्डै ६० हजार बिरुवा उत्पादन गर्दै आएका छन् । फूलखेतीमार्फत मात्र वार्षिक रु २५ लाखसम्मको आम्दानी हुने गरेको उनले बताए । साथै महतोले १० जनालाई रोजगारीसमेत दिएका छन् ।
लहानमा व्यावसायिक रूपमा फूलखेती सुरु गर्ने पहिलो व्यक्ति मानिने महतो भन्छन्, “विदेशमा जति मेहनत गरिन्छ, त्यति मेहनत यहाँ गरे घरमै बसेर कमाइ गर्न सकिन्छ ।” उनले कृषि कर्ममा पुर्याएको योगदानलाई मूल्याङ्कन गर्दै लहान नगरपालिकाले दुई पटक र कृषि ज्ञान केन्द्र सिरहाले दुई पटक ‘उत्कृष्ट कृषक’को सम्मानसमेत प्रदान गरिसकेको छ ।
“पूर्वमा काकरभिट्टादेखि पश्चिममा दाङबाट फूलको माग हुन्छ”, महतो भन्छन्, “मागअनुसार प्याकिङ गरेर बसमार्फत पठाउने गर्छु ।” आगामी तिहारमा रु १५ लाख बराबरको फूल बिक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । यद्यपि हालैको लगातार वर्षाले मखमलीमा डढुवा रोग देखिएकाले उत्पादनमा केही असर पर्ने उनको अनुमान छ ।
महतोले यस वर्षदेखि लहान–१३ मा एक बिघा क्षेत्रफलमा केराखेती पनि सुरु गरेका छन् । कृषिमा निरन्तर लगाव, परिश्रम र प्रतिबद्धताले उहाँ यस क्षेत्रका अरु किसानका लागि प्रेरणाको स्रोत बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण