आज ४५ औँ विश्व खाद्य दिवस मनाइँदै
सारांश
- आज नेपालसहित विश्वभर ४५औँ विश्व खाद्य दिवस मनाइँदै छ।
- यस वर्ष 'स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो' नाराका साथ दिवस मनाइँदैछ।
- कृषि विभागले विभिन्न कार्यक्रम आयोजना गर्दै भोकमरी न्यूनीकरण र पोषण सुधारमा जोड दिएको छ।
काठमाडौँ । नेपालसहित विश्वभर आज ४५औँ विश्व खाद्य दिवस मनाइँदै छ। स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यसहित प्रत्येक वर्ष अक्टोबर १६ मा यो दिवस मनाउने गरिन्छ।
यस वर्षको दिवस ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नाराका साथ मनाइँदै छ। कृषि विभागले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियान लगायतका संस्थाहरूसँग समन्वय गरी विभिन्न कार्यक्रम आयोजना गरेको छ।
दिवस मनाउनका लागि कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। विभागका अनुसार दिवसका अवसरमा खाद्य प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर प्रकाशन, सन्देश प्रसारण लगायत गतिविधि सञ्चालन हुनेछन्।
महानिर्देशक सञ्जेलले भोकमरी न्यूनीकरण र पोषण सुधारका अभियानलाई प्रवर्द्धन गर्न यस दिवसले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा जनचेतनामूलक प्रचार–प्रसार, अन्तरक्रिया र लेख–रचना प्रकाशन पनि गरिनेछ।
संयुक्त राष्ट्रसङ्घको २०औँ साधारण सभाले सन् १९७९ मा खाद्य तथा कृषि सङ्गठन (एफएओ) को स्थापना दिवसका अवसरमा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको थियो। त्यसयता सन् १९८१ देखि हरेक वर्ष विश्व खाद्य दिवस मनाइँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण