अपडेट
पार्टी एकताबारे समाजवादीमा मतभेद, बैठक स्थगित
बिहीबार, ३० असोज २०८२, ०९ : ११
सारांश
- नेकपा एकीकृत समाजवादीको भर्चुअल बैठक स्थगित भएको छ, भौतिक बैठक कार्तिक १२ र १३ गते बस्ने भएको छ।
- समाजवादी मोर्चामा एकताको गृहकार्य चलिरहँदा पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको छ।
- युवा पुस्ताको नेतृत्व परिवर्तनको माग र माओवादीभन्दा एमालेसँगको एकतामा जोड दिने आवाज उठेको छ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बिहीबारलाई तय भएको भर्चुअल बैठक स्थगित भएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले आज बिहीबारका लागि तय भएको भर्चुअल बैठक स्थगित गर्दै कात्तिक १२ र १३ मा फिजिकल केन्द्रीय कमिटी बैठक बस्नेगरी तय गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।
समाजवादी मोर्चामा रहेका दलहरूबिच एकताको गृहकार्य भइरहेका बेला सो पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको हो । एकीकृत समाजवादीमा माओवादी केन्द्रसँग पार्टी एकताबारे मतभेद रहँदै आएको छ ।
उक्त पार्टीमा युवा पुस्ताको माग अनुसार पहिलो पुस्ताका सबै नेताले नेतृत्व छाड्नुपर्छ भन्ने मत बढी छ । यसबाहेक पार्टी एकता गर्दा पनि माओवादीसँग भन्दा एमालेसँगको एकतालाई बल गर्नुपर्छ भन्ने नेता कार्यकर्ताको सङ्ख्या धेरै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण