एमाले बैठकमा ‘सर्वपक्षीय राष्ट्रिय सरकार’को चर्चा
सारांश
- एमालेको बैठकमा सर्वपक्षीय राष्ट्रिय सरकार गठनबारे छलफल भएको छ।
- केन्द्रीय सदस्य महेश बर्तौलाले मुलुकको राजनीतिलाई लोकतान्त्रिक मार्गमा फर्काउनुपर्ने बताए।
- मोहनमाया ढकालले जनताको गुनासो र आक्रोश बुझ्न पार्टी नेतृत्वलाई आग्रह गरिन्।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सर्वपक्षीय राष्ट्रिय सरकार गठनको चर्चा भएको छ । ललितपुरमा जारी दोस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमाथिको छलफलका क्रममा सर्वपक्षीय सरकारको चर्चा भएको हो ।
बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य महेश बर्तौलाले जेनजी आन्दोलनपछि अलोकतान्त्रिक र असंवैधानिक मार्गतर्फ पुगेको मुलुकको राजनीतिलाई लोकतान्त्रिक मार्गमा फर्काउनु मुख्य विषय रहेको बताए ।
‘अहिलेको सरकार निर्वाचन गराउने वातावरण बनाउने भन्दा पनि डर, भय,त्रास र आतङ्क खडा गरेर सत्तामा रहिरहन चाहन्छ’, बर्तौलाले बैठकमा राखेको धारणा उद्धृत गर्दै भने– ‘यो सरकार राजनीतिक दलहरूसँग संवाद र छलफल गर्नुको साटो निषेध र दलका नेताहरूलाई धम्क्याउन उद्यत छ ।’
उनले यस्तो अवस्थामा जनप्रतिनिधिमूलक सर्वोच्च संस्था पनि नहुने हो भने मुलुक भयानक सङ्कटतर्फ जाने भन्दै संसद् पुनर्स्थापना नै आजको मुख्य मुद्दा भएको बताए । संसद् पुनर्स्थापनापछि सर्वदलीय÷सर्वपक्षीय राष्ट्रिय सरकार निर्माण र संविधान संशोधन गर्नुपर्ने बर्तौलाको भनाइ छ ।
सोही सरकारले ताजा जनादेश लिन अर्ली इलेक्सन गर्नुपर्ने मत राख्दै उनले यसरी अघि बढे मात्र जेनजी पुस्ताको भावना, आकाङ्क्षा र चाहना पुरा गर्दै विद्यमान चुनौती समाधान गर्न सकिने बताए । ‘यसरी मात्र राजनीतिक स्थिरतातर्फ अगाडि बढ्ने आधारहरू निर्माण गर्न सकिन्छ । यसका लागि संविधान र व्यवस्था स्वीकार गर्ने सबै राजनीतिक शक्ति एक ठाउँमा उभिने वातावरण बनाउनुपर्दछ र यसको नेतृत्व एमालेले गर्नुपर्छ’, बर्तौलाको भनाइ छ ।
अर्का केन्द्रीय सदस्य मोहनमाया ढकालले जनताको आक्रोश र गुनासो के हो भन्ने कुरा पार्टी नेतृत्वले बुझ्न जरुरी रहेको धारणा राखेकी छन् । वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख समेत रहेकी ढकालले जनताले पार्टी तथा सरकारप्रति गर्ने गुनासा सबैभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिले सुन्नुपर्ने धारणा राखिन् ।
‘जनताको पहिलो तहको आक्रोश, निराशा र गुनासाहरू तपाईंहरुसम्म आइपुग्दैनन्’ उनले नेतृत्वतर्फ सङ्केत गर्दै भनिन्– ‘त्यस्ता आक्रोश सबैभन्दा पहिला हामीसँग आउँछन् ।’
उनले नेतृत्वको छनौट महाधिवेशन प्रतिनिधिका हातमा पुगेको भन्दै अहिले जथाभाबी ढङ्गले नेतृत्वको मान मर्दन गर्ने, राजीनामा माग्ने जस्ता विषय उचित नभएको धारणा राखिन् । ‘११ औँ महाधिवेशन प्रस्ताव भइसकेको छ, नेताहरू अध्यक्षको राजीनामा भन्दै हुनुहुन्छ’ ढकालले भनिन्– ‘अब कसलाई अध्यक्ष बनाउने, कसलाई महासचिव बनाउने भन्ने कुरा महाधिवेशन प्रतिनिधिका हातमा यसअघि नेतृत्व परिवर्तनको कुरा बेमौसमको बाजा हो ।’
पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राखेकोमा दोस्रो दिनको बैठकमा अहिलेसम्म ४० जनाले धारणा राखिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण