काठमाडौँमा पहिलो पटक ‘हरर चलचित्र महोत्सव’ हुने
सारांश
- काठमाडौँमा पहिलो पटक 'काठमाडौँ हरर चलचित्र महोत्सव' आयोजना हुने भएको छ।
- महोत्सवमा १५ देशका २५ हरर फिल्महरू प्रदर्शन हुनेछन्, जसमा उत्कृष्ट फिल्मलाई पुरस्कार दिइनेछ।
- महोत्सवको मुख्य उद्देश्य नेपालमा हरर फिल्म निर्माणलाई प्रोत्साहन गर्नु हो।
काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा पहिलोपटक ‘काठमाडौँ हरर चलचित्र महोत्सव’ आयोजना हुने भएको छ ।
‘हेलोविन डे’को अवसर पारेर अक्टोबर ३१ देखि नोभेम्बर २ (कार्तिक १४ देखि १६) सम्म कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवमा १५ देशका २५ हरर फिल्म प्रदर्शन हुनेछ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार विश्वभरबाट प्राप्त १०० भन्दा बढी फिल्ममध्ये गुणस्तर, मौलिकता र विषयगत विविधताको आधारमा यी फिल्महरू छनोट गरिएको हो । फिल्मको आह्वान अन्तर्राष्ट्रिय प्लेटफर्म फिल्म फ्रीवे मार्फत गरिएको थियो ।
महोत्सवमा सहभागी फिल्महरूबिच प्रतिस्पर्धा हुनेछ, जसमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट लघु फिल्म र उत्कृष्ट युवा फिल्म गरी तीन विधामा पुरस्कार प्रदान गरिनेछ।
निर्णायक मण्डलमा फोटोग्राफर राजभाइ सुवाल, फिल्म समीक्षक होसाम फाह्मी, र अन्तर्राष्ट्रिय कलाकार यास्मिन बुछफार रहेका छन्। आयोजक प्रतिष्ठानका अनुसार, यो महोत्सवको मुख्य उद्देश्य नेपालमा हरर, लोककथा, मिथक र रहस्यमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्नु हो ।
यस्ता छन् सहभागी फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण