एमाले नेता बस्नेतलाई मन्त्री पुनको जवाफ: ‘हावा कुरा नगर’
सारांश
- एमाले नेता महेश बस्नेतको टिप्पणीपछि मन्त्री महावीर पुनले फेसबुकमार्फत प्रतिक्रिया दिए।
- मन्त्री पुनले आफूलाई क्वाटर र गार्ड नचाहिने र केशर शम्शेरको दरबारमा बसेको बताए।
- मन्त्री पुनले बस्नेतलाई तथ्य नबुझी हावा कुरा नगर्न र खाल्डोमा जाने काम नगर्न आग्रह गरे।
काठमाडौँ। एमाले नेता महेश बस्नेतले मन्त्रीहरुकाे सुविधाप्रति टिप्पणी गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रतिक्रिया दिएका छन्। मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने, ‘महेश भाइ, मलाई क्वाटर चाहिँदैन, मलाई गार्ड चाहिँदैन, म केशर शम्शेरको दरबारमा बसेको छु जहाँ मन्त्रालय छ। धेरै चुरीफुरी र घमन्ड नगर, मेरो घर र मेरो गार्ड कहाँ छ देखाऊ, तथ्य नबुझीकन हावा कुरा नगर।’
मन्त्री पुनले आफ्नो फेसबुक पोस्टमा थपे, ‘म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है। तीन-चार पटक त भेटेर कुरा पनि भएको थियो त यार। तिम्रो फोन नम्बर मसँगै छ। अहिले सम्म खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै वर्ष बाँच्ने उमेर छ।’
यसअघि नेता बस्नेतले सेवा सुविधा नलिने घोषणा गरेका मन्त्रीहरूसँग मन्त्री सरहको घर–गाडी रहेको आरोप लगाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण