फ्राईडे रिलिज : देशभर अनमोल केसी स्टारर ‘जेरी अन टप’
सारांश
- अनमोल केसीको फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ।
- सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल केसी, आँचल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।
- यो फिल्म त्रिकोणात्मक प्रेमकथा र पर्वतीय यात्रामा आधारित छ।
काठमाडौँ । फ्राईडे रिलिज अन्तर्गत आज (शुक्रबार)देखि अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ देशव्यापी प्रदर्शनमा आएको छ । २०० बढी शो सहित प्रदर्शनमा आएको फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन् ।
करिब तीन घण्टाको फिल्म त्रिकोणात्मक प्रेमकथा र पर्वतीय यात्रामा बनेको हो । फिल्ममा अनमोलसहित केदार घिमिरे ‘माग्ने बुढा’, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गीलगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त पनि फिल्ममा विशेष भूमिकामा छिन् ।
सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसी हो भने पटकथा विश्वास तिम्सिनाको छ ।
अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन्, भने एसोसिएट निर्मातामा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का रहेका छन् । फिल्मको छायाङ्कन दिलिप रेग्मीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण