अफगान तालिबान र पाकिस्तानबिच दोहामा शान्ति वार्ता हुने
सारांश
- अफगान तालिबान र पाकिस्तानी सुरक्षा बलबीचको द्वन्द्वबारे कतारको दोहामा वार्ता हुने भएको छ।
- अफगानिस्तानको तर्फबाट रक्षामन्त्री मौलवी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा प्रतिनिधिमण्डलले भाग लिनेछ।
- सीमा क्षेत्रमा भइरहेको झडपमा दुवै पक्षका धेरै व्यक्ति मारिएका र घाइते भएका छन्।
दोहा । अफगान तालिबान र पाकिस्तानी सुरक्षा बलबिच जारी द्वन्द्व चलिरहेको छ । यो विषयमा शुक्रबार कतारको राजधानी दोहामा वार्ता हुने भएको छ ।
तालिबानको सामाजिक सञ्जाल खाताबाट प्राप्त जानकारी अनुसार, रक्षामन्त्री मौलवी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा अफगानिस्तानको इस्लामिक इमिरेट्सको प्रतिनिधिमण्डल र पाकिस्तानका कयौँ गुप्तचर तथा सुरक्षा अधिकारीहरूले शुक्रबार दोहामा वार्ता गर्नेछन् ।
यद्यपि, पाकिस्तानले यस विषयमा कुनै विवरण शेयर गरेको छैन । बीबीसी उर्दूका अनुसार, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले आफ्नो मन्त्रिपरिषद्लाई सम्बोधन गर्दै कतारले यो प्रस्ताव गरेको बताएका छन् ।
दक्षिणी अफगानिस्तानको कान्दहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा पाकिस्तानी सेना र तालिबान सरकारी सेनाबिच झडप भएको छ । पछिल्ला केही दिनदेखि सीमा क्षेत्रमा भइरहेको झडपमा दुवै पक्षका धेरै व्यक्ति मारिएका र घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण