जुवा खेलेको अभियोगमा ११ जना पक्राउ
सारांश
- सुर्खेत प्रहरीले जुवा खेलिरहेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ।
- उनीहरूलाई वीरेन्द्रनगर-८, मोडेल कलेज कटुक्कास्थित एक घरबाट पक्राउ गरिएको हो।
- प्रहरीले ५८ हजार ९४० रुपैयाँ र ताससहित उनीहरूलाई नियन्त्रणमा लिएको छ।
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेलेको अभियोगमा ११ जनालाई पक्राउ गरेको छ।
गएराति वीरेन्द्रनगर नगरपालिका-८, मोडेल कलेज कटुक्कास्थित रुद्र प्रसाद खनालको घरबाट उनीहरूलाई पक्राउ गरिएको हो।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा विभिन्न दरका ५८ हजार ९४० रुपैयाँ र जुवा खेल्न प्रयोग गरिएका ५२ पत्तिका ८ गड्डी ताससहित उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढाथापाले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा निम्न व्यक्तिहरू रहेका छन् :
१. जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–८ बस्ने वर्ष ४९ का रुद्र प्रसाद खनाल (घरधनी)
२. सोही स्थान बस्ने वर्ष ५५ का दुर्गा बहादुर पुलामी
३. सोही स्थान बस्ने वर्ष २५ का सुशील गौतम
४. सोही स्थान बस्ने वर्ष ३५ का जगत बहादुर राना
५. सोही स्थान बस्ने वर्ष ४५ का रमेश खाण
६. सोही स्थान बस्ने वर्ष ३९ का दान बहादुर सिंह
७. वीरेन्द्रनगर वडा नं। १० बस्ने वर्ष ४३ का अशोक कुमार खड्का
८. सोही स्थान बस्ने वर्ष ४८ का विनोद मल्ल
९. वीरेन्द्रनगर वडा नं. ०८ बस्ने वर्ष ५३ का शुरत बहादुर शाही
१०. सोही स्थान बस्ने वर्ष ४८ का वीर जङ्ग शाही
११. सोही स्थान बस्ने वर्ष ५५ का रेशम मल्ल
पक्राउ परेका व्यक्तिहरूमाथि जुवा खेल्ने वा सट्टावाजी गर्न नहुने कसुरमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण