बिग्रिएको डेढ वर्षमा पनि मर्मत भएन ‘सिटीस्क्यान’
सारांश
- तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सिटिस्क्यान मेसिन डेढ वर्षदेखि बिग्रिएको छ।
- मेसिन बिग्रिएका कारण नसासम्बन्धी र दुर्घटनाका बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता छ।
- स्वास्थ्य मन्त्रालयले मर्मत गर्न नसक्ने जनाएपछि मेसिन थन्किएको हो।
दाङ । यहाँको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको ‘सिटिस्क्यान मेसिन’ डेढ वर्षदेखि बिग्रिएर थन्किएको छ । मेसिन बिग्रँदा नसासम्बन्धी बिरामी र दुर्घटनाका घाइतेहरूलाई जिल्ला बाहिर ‘रेफर’ गरिँदै आएको छ ।
प्राविधिकहरूले मर्मत गर्न नसक्ने जनाएपछि थन्किएको अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताए । सो मेसिन मर्मत गर्नुपर्ने निकाय स्वास्थ्य मन्त्रालय प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले मर्मत गर्न नसक्ने जनाएको अध्यक्ष न्यौपानेको भनाइ छ ।
‘६४–स्लाइस’को मेसिन भएकाले यो मेसिन मापदण्ड अनुसार नरहेको उनले बताए । “यस्तो मेसिन कमसल हुन्छ”, उनले भने, “यहाँ आउँदा त्यस्तै आयो, खास अहिले चलाउन मिल्दैन भन्ने छ, अब झन् बिग्रिसकेको छ ।”
उक्त मेसिन २०७७ सालमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनीले उपलब्ध गराएको हो । तीन करोड रुपैयाँ भन्दा बढी लागतमा उक्त मेसिन खरिद गरिएको थियो । तर, मेसिन सञ्चालनको पाँच वर्षमै बिग्रिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण