शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिक पक्राउ

शनिबार, ०१ कात्तिक २०८२, १२ : ४७
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
  • उनीहरूले एक भारतीय नागरिकलाई अष्ट्रेलिया पठाउने प्रलोभन देखाएर काठमाडौंमा बन्धक बनाएका थिए।
  • पीडितलाई फिरौती माग्दै गरेको अवस्थामा उनीहरूलाई सुन्धाराबाट पक्राउ गरिएको हो।

काठमाडौँ । नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरको टोलीले अपहरण तथा शरीर बन्धक राख्ने अपराधमा संलग्न भारत पञ्जाबका २४ वर्षीय परमप्रितसिंह र २८ वर्षीय लवप्रित सिंहलाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीहरुले भारत हरियाणाका २६ वर्षीय अङ्कित कुमारलाई झुक्यानमा पारेर नेपाल हुँदै अष्ट्रेलिया पठाइदिने भनी काठमाडौँ ल्याएर बन्धक बनाएको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

दुवै जनालाई सुन्धाराको होटल न्यू जोमसोमको कोठा नं. ६ मा बन्धक बनाएर पीडितसँग रु २० लाख फिरौती मागेको सूचनाका आधार शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । उनीहरूका साथबाट विभिन्न कम्पनीका चार थान मोबाइलसमेत बरामद गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप