प्लानिङ ब्वाइजलाई आठौँ बेलबारी अन्तर्राष्ट्रिय रनिङ गोल्डकपको उपाधि
सारांश
- बेलबारीमा सम्पन्न एनबी रुङमाहाङ अन्तरार्ष्ट्रिय गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले जित्यो।
- फाइनल खेलमा प्लानिङ ब्वाइजले सहलेश युथ क्लब सिरहालाई २-१ गोलले पराजित गर्यो।
- प्रतियोगितामा विजेता टोलीले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाए।
मोरङ । आठौं बेलबारी आरजु राई मेजर स्वर्गीय एनबी रुङमाहाङ अन्तरार्ष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको उपाधि काठमाडौँले हात पारेको छ ।
मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा सम्पन्न गोल्डकपको शनिबार भएको फाइनलमा सहलेश युथ क्लब सिरहालाई बी डिभिजन लिग विजेता प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले २–१ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो ।
खेलको पाँचै मिनेटमा प्लानिङ ब्याइजका जर्सी नम्बर ९ का सुजन मगरले वान भर्सेस वानमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको अतिरिक्त समयमा सहलेशका जर्सी नम्बर ५ का कुलदीप कार्कीले डीबक्स नजिकबाट गरेको सशक्त प्रहार बारमा लागेर फर्किएको थियो ।
मध्याह्नपछिको दुई मिनेटमै गोल गर्दै सहलेशले खेल बराबरीमा ल्यायो । जर्सी नम्बर ७ का समीर तामाङले जर्सी नम्बर १० का मिलन राईको पासमा गोल गरेका थिए । खेलको १० औँ मिनेटमा प्लानिङका जर्सी नम्बर १८ का चन्दन दासले गोलपोस्ट नजिकबाट प्रहार गरेको बल पोलमा लागेर रिवाउन्ड भएको थियो । त्यस्तै प्लानिङका जर्सी नम्बर ९ का सुजन मगरले २० औँ मिनेटमा थप गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए ।
खेलको ३१ औँ मिनेटमा सहलेशका जर्सी नम्बर ३ का दिपेश धिमालले डीबक्स नजिक फल गरेपछि रातो कार्ड पाएका थिए ।
सहलेश भोजपुर फुटबल संघ, भोजपुरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने प्लानिङ ब्याइजले आयोजक एलएक्स सिटी फुटबल क्लब, लक्ष्मीमार्गलाई स्तब्ध बनाउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।
प्रतियोगिताको विजेता टोली प्लानिङ ब्याइजले नगद आठ लाख र उपविजेता टोली सहलेशले चार लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्यस्तै खेलको सर्वोत्कृष्ट खेलाडी प्लानिङका प्रताप सिंह राई घोषित भए, उनले २५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट गोलकिपर पनि प्लानिङकै योगेश धिमाल, उत्कृष्ट प्रशिक्षक प्लानिङकै सचिन्द्र धिमाल, सर्वाधिक गोलकर्ता समान २ गोल गरेका प्लानिङका सुजन मगर र सहलेशका आशीष शाक्य भए । त्यस्तै उत्कृष्ट डिफेन्डर प्लानिङका जर्सी नम्बर १५ का मिङ्मा घिसिङ र उत्कृष्ट मिडफिल्डर प्लानिङकै जर्सी नम्बर १० का रमन भुजेल घोषित भए । उनीहरूले समान ११ हजार रुपैयाँ प्राप्त गरे ।

आजको फाइनमा प्लेयर अफ द म्याच सहलेशका समीर तामाङ घोषित भए, उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे ।
तीन केजि चाँदी र डेढ तोला सुनजडित ८ लाख बराबरको ट्रफी जित्न कुनै एक फुटबल क्लबले लगातार तीन वर्ष सो प्रतियोगिताको उपाधि विजेता बन्नुपर्नेछ । लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्ना स्वर्गीय बुबा मेजर एनबी राईको स्मृतिमा रनिङ गोल्डकप सौजन्य गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण