धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता
शनिबार, ०१ कात्तिक २०८२, २० : २५
सारांश
- म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता भएका छन्।
- धौलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको धम्पुस पिक जाने क्रममा एक जना जर्मन पर्यटक र एक पथप्रर्दशक बेपत्ता भएका हुन्।
- जर्मन नागरिक र पथप्रर्दशकको खोजी कार्य जारी छ, तर हालसम्म उनीहरु फेला परेका छैनन्।
म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता भएका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा एक जना पथप्रदर्शक र एक जना जर्मनका पर्यटक शुक्रबार रातिदेखि सम्पर्कविहीन भएका हुन् ।
जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पाको खोजी भइरहेको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिए । उनीहरुको आज सेभेन समिट ‘ट्रेकिङ’ कम्पनीले हेलिकप्टर परिचालन गरेर खोजी गरे पनि नभेटिएका प्रनाउ लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण