निर्वाचनका लागि संयुक्त सुरक्षा गस्ती सुरु गर्ने निर्णय
सारांश
- सरकारले निर्वाचन शान्तिपूर्ण बनाउन संयुक्त सुरक्षा गस्ती सुरु गर्ने निर्णय गरेको छ।
- केन्द्रीय सुरक्षा समितिले शान्तिसुरक्षा कायम गरी निर्वाचनको वातावरण बनाउन पेट्रोलिङ अघि बढाउने निर्णय गर्यो।
- गृहमन्त्रीका अनुसार जेनजी आन्दोलनपछि बरामद हुन बाँकी हतियार रिकभर गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
काठमाडौँ । सरकारले आसन्न निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न संयुक्त सुरक्षा गस्ती (पेट्रोलिङ) सुरु गर्ने निर्णय गरेको छ।
आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्तिसुरक्षा कायम गरी निर्वाचनको वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङ अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
देशैभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत सुरक्षा योजना कार्यान्वयन गराइने र सीडीओको पहिलो प्राथमिकता नै निर्वाचन हुने उनले बताए।
गृहमन्त्री अर्यालका अनुसार जेनजी आन्दोलनपछि अझै पनि चार सय हतियार बरामद हुन बाँकी रहेकाले ती हतियार रिकभर गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन पनि थप कार्यक्रम ल्याइने जानकारी उनले दिए।
उनले आन्दोलनका क्रममा हराएका हतियारहरू संगठित गिरोहमा पुग्न नदिने बताए। राजनीतिक दलहरूले पनि कैदीबन्दी र हतियार प्रयोग गर्दैनौँ भनी स्वघोषणा गर्नुपर्ने उनको भनाइ छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण