गृहमन्त्रीलाई विश्वकर्माको कटाक्ष : जय होस् विचरा जेनजी सरकार
काठमाडौँ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गृहमन्त्री ओमप्रकाश अर्याललाई भागेका कैदी बन्दी, लुटिएका हतियार र प्रहरीका बर्दी अहिले नखोज भन्ने चुनावमा प्रयोग नगर्ने प्रतिबद्धता दलहरूले गरिदिनुपर्ने भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा प्रचार विभाग प्रमुख विश्वकर्माले आक्रमण, आगजनी, तोडफोड र लुटपाटको बलमा आफै मन्त्री हुनेले त्यस्तो भन्न नसुहाउने उल्लेख गरेका छन् ।
‘यिनी गृहमन्त्री नै हुन् ? कि यिनको मुखबाट अरू कोही बोल्दै छ ? आक्रमण, आगजनी, तोडफोड र लुटपाटको बलमा आफै मन्त्री हुने,’ विश्वकर्माले फेसबुकमा लेखेका छन्, ‘भागेका कैदीबन्दी, लुटिएका हतियार र प्रहरीका बर्दी अहिले नखोज भन्ने अनि चुनावमा प्रयोग नगर्ने प्रतिबद्धताचाहिँ दलहरूले गरिदिनु पर्ने ? विचरा जय होस् जेनजी सरकार ।’
केन्द्रीय सुरक्षा समितिको आइतबार बसेको बैठकले जेनजी आन्दोलनका क्रममा हराएका हतियारहरू सङ्गठित गिरोहमा पुग्न नदिने निर्णय गरेको थियो ।
बैठकपछि गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूलाई राजनीतिक दलहरूले पनि कैदीबन्दी र हतियार प्रयोग गर्दैनौँ भनी स्वघोषणा गर्नुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण