वरिष्ठ उपाध्यक्ष खड्काद्वारा पठाइएको पत्र आधिकारिक होइन: एन्फा
सारांश
- एन्फाले वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काद्वारा महासचिव किरण राईलाई पठाइएको भनिएको स्पष्टीकरण र निलम्बन पत्र आधिकारिक नभएको जनाएको छ।
- एन्फा प्रवक्ताका अनुसार ती पत्रहरूमा दर्ता, चलानी र संस्थाको आधिकारिक छाप प्रयोग गरिएको छैन।
- एन्फाले वरिष्ठ उपाध्यक्षलाई महासचिवलाई स्पष्टीकरण वा निलम्बन गर्ने अधिकार नभएको जनाएको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काद्वारा महासचिव किरण राईलाई पठाइएको भनिएको स्पष्टीकरण पत्र र निलम्बन पत्र दुवै आधिकारिक नभएको जनाएको छ।
एन्फाका प्रवक्ता सुरेश शाहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एन्फा सचिवालयलाई ती पत्रहरू सम्बन्धी कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएका हुन्। शाहका अनुसार ती पत्रहरूमा दर्ता–चलानी, संस्थाको आधिकारिक छाप प्रयोग भएको छैन ।
शाहले विज्ञप्तिमा भनेका छन्, ‘वरिष्ठ उपाध्यक्षलाई संघको विधान तथा अन्य कुनै कानुनी व्यवस्था अनुसार महासचिवलाई स्पष्टीकरण माग गर्ने वा निलम्बन गर्ने अधिकार नै छैन, त्यसैले सो सम्बन्धी समाचारहरूमा कुनै सत्यता छैन।’
यसअघि गत गते बुधबार वरिष्ठ उपाध्यक्ष खड्काले महासचिव राईलाई स्पष्टीकरण मागेको भन्दै समाचार सार्वजनिक भएको थियो। आइतबार मात्रै पुनः महासचिवलाई निलम्बन गरेको भनिएको अर्को पत्रसमेत सार्वजनिक भएको थियो। तर, एन्फाले ती दुवै पत्रको आधिकारिकता अस्वीकार गर्दै ती भ्रमपूर्ण भएको बताएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण