जेनजी आन्दोलनमा बानेश्वरमा बाणिज्य बैंक लुट्ने दुई जनाविरुद्ध मुद्दा दर्ता
सारांश
- भदौ २४ गते बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट घटनामा संलग्न दुई जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
- लुटपाटमा संलग्न एक जनाले लुटेको रकमले मोटरसाइकल किनेको स्वीकारेका छन् भने अर्का नाबालक पनि संलग्न रहेको खुलेको छ।
- लुटपाटमा संलग्नहरुले नगद, सुनका गहना लुटेको र सरकारी वकिल कार्यालयले ३७ करोडभन्दा बढी बिगो दाबी गरेको छ।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट प्रकरणमा दुई जनाविरुद्ध डाँका चोरीमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले दोलखा बैतेश्वर गाउँपालिका–८ का दीपक श्रेष्ठविरुद्ध डाँकाचोरी कसुरमा काठमाडौँ जिल्ला अदालत र नाबालकलाई बाल अदालत भक्तपुरमा मुद्दा दर्ता गरेको हो ।
बैंक लुटपाट आरोपमा समातिएका श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्दा लुटेको रकमले बुलेट मोटरसाइकल खरिद गरेको खुलेको खुलेको छ । उनले २ लाख ५० हजार नगदमा १ लाख ७२ हजार रुपैयाँ थपेर बुलेट मोटरसाइकल खरिद गरेको स्वीकारेका छन् ।
काठमाडौँ बानेश्वरमा कोठा भाडामा बस्दै आएका श्रेष्ठले प्रहरीसँगको बयानमा राष्ट्रिय वाणिज्य बैंकबाट २ लाख ५० हजार नगद लुटपाट गरेको स्वीकार गरेका छन् । उनले नगदसहित सुनको बाला ३ थान, बेरुवा औँठी १ थान, गणेश भगवानको लकेट भएको सिक्री १ थान पनि लुटपाट गरेको स्वीकारेका छन् ।
श्रेष्ठका साथै अर्का एक नाबालकलाई भने बाल अदालत भक्तपुरमा मुद्दा दर्ता गरिएको छ । प्रतिवादी बनाइएका नाबालकले राष्ट्रिय वाणिज्य बैंकबाट ३ लाख ५० हजार रुपैयाँ, ३ थान सिक्री, १ थान औँठी, सुनको छड्के तिलरी १ थान र सुनको मंगलसुत्र १ थान लुटपाट गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बरामद हुन नसकेको सुन १७,५१०.८५ ग्राम सुनको भदौ २४ को मूल्यांकन अनुुसार ३२ करोड २३ लाख २२ हजार २ सय १५ रुपैयाँ र नगद रकम ५ करोड ११ लाख १६ हजार ६ सय ३८ रुपैयाँ ३५ पैसा गरी जम्मा ३७ करोड ३४ लाख ३८ हजार ८ सय ५४ रुपैयाँ ३० पैसा बिगो दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण