बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पैसा छाप्ने मेसिन बन्यो ऋषभ सेट्टीको ‘कान्तरा च्याप्टर १’

सोमबार, ०३ कात्तिक २०८२, १५ : ३८
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • ऋषभ शेट्टीको फिल्म 'कान्तरा च्याप्टर १' ले बक्स अफिसमा ५०० करोड भारुको आँकडा पार गर्यो।
  • फिल्मले रिलिजको दुई हप्तामा राम्रो कमाइ गर्दै ६०० करोड क्लबतर्फ अघि बढिरहेको छ।
  • 'कान्तरा च्याप्टर १' मा रुक्मिणी वसन्त, जयराम र गुलशन देवैयाको मुख्य भूमिका रहेको छ।

नयाँ दिल्ली । साउथ स्टार ऋषभ शेट्टीको ‘कान्तरा च्याप्टर १' ले बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ । रिलिज भएदेखि नै फिल्मले राम्रो कमाउँदै आएको छ । हालै मात्र भारतको घरेलु बक्स अफिसमा फिल्मले ५०० करोड भारुको आँकडा पार गर्‍यो, यो आफैंमा एउटा ठुलो रेकर्ड हो । अब फिल्म भारतमा ६०० करोड क्लबतर्फ द्रुत गतिमा अघि बढिरहेको छ । 

फिल्म रिलिज भएको दुई हप्ताभन्दा बढी भइसकेको छ र देशभरका दर्शकहरू यसलाई हेर्न थिएटरहरूमा ओइरिरहेका छन् । फिल्मले पहिलो हप्तामा ३३७ करोड ४० लाख भारु र दोस्रो हप्तामा १४७ करोड ८५ लाख भारु कमाएको छ । १६ औं दिनमा फिल्मको कमाइमा केही कमी आएको थियो, उक्त दिन फिल्मको कलेक्शन साढे ८ करोड भारु रह्यो ।

१७ औं दिनमा यो बढेर १२ करोड ९० लाख भारु पुग्यो । 

ट्रेड वेबसाइट स्याकनिल्कको प्रारम्भिक रिपोर्टअनुसार यस फिल्मले १८औं दिन अर्थात् यही आइतबार बक्स अफिसमा १७ करोड ५० लाख भारु कलेक्सन गरेको छ । यसरी ऋषभ शेट्टीको फिल्मले अहिलेसम्म घरेलु बक्स अफिसमा ५२४ करोड १५ लाख भारु कमाइ गरिसकेको छ । फिल्मले जुन गतिमा कमाइरहेको छ, त्यो हेर्दा यो छिट्टै ६०० करोड क्लबमा प्रवेश गर्ने देखिन्छ । 

यो होम्बाले फिल्म्सको ब्यानरमा निर्माण भएको हो । ऋषभ शेट्टीले फिल्ममा अभिनय मात्र होइन, लेखन र निर्देशन पनि गरेका छन् । यो फिल्म २०२२ को ब्लकबस्टर ‘कान्तराः अ लेजेन्ड’को प्रिक्वेल हो । 'कान्तरा च्याप्टर १' मा रुक्मिणी वसन्त, जयराम र गुलशन देवैया पनि मुख्य भूमिकामा छन् ।

फिल्मले मानव लोभ र शक्तिबाट खतरामा पर्दा दैवी शक्तिहरूले प्रकृति र विश्वासको कसरी रक्षा गर्छन् भनेर देखाएको छ । दक्षिण भारतीय सिनेमादेखि बलिउडसम्मका धेरै स्टारहरूले फिल्मको प्रशंसा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप