ह्यारी ब्रुक र फिल साल्टको उत्कृष्ट प्रदर्शनले इंग्ल्याण्ड ६५ रनले विजयी
सारांश
- इंग्ल्याण्डले दोस्रो टी२० मा न्युजिल्याण्डलाई ६५ रनले हरायो, शृङ्खलामा १-० को अग्रता लियो।
- फिल साल्ट र ह्यारी ब्रुकको आक्रामक ब्याटिङले इंग्ल्याण्डले २३६-४ को स्कोर बनायो।
- आदिल रसिदले ४ विकेट लिए भने न्युजिल्याण्ड १७१ रनमा अलआउट भयो।
अकल्याण्ड । फिल साल्ट र ह्यारी ब्रुकको विस्फोटक ब्याटिङको मद्दतले इंग्ल्याण्डले दोस्रो टी–२० मा न्युजिल्याण्डलाई ६५ रनले हराउँदै तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ।
क्राइस्टचर्चको ह्याग्ले ओभलमा इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै टी–२० अन्तर्राष्ट्रियमा यस मैदानको सर्वाधिक २३६–४ को विशाल योगफल खडा गर्यो ।इंग्ल्याण्डको टी–२० इतिहासमा यो पाँचौँ ठुलो स्कोर हो।
ओपनर साल्टले उत्कृष्ट लय कायम राख्दै ५६ बलमा ८५ रन बनाए भने कप्तान ब्रुकले अझ आक्रामक ब्याटिङ गरे। ब्रुकले मात्र ३५ बलमा पाँच छक्कासहित ७८ रन बनाएर न्युजिल्याण्डको बलिङलाई ध्वस्त पारे। उनले न्युजिल्याण्डको कमजोर फिल्डिङको फाइदा पनि उठाए, जहाँ जिमी नीशमले उनको सहज क्याच छाडेका थिए।
जवाफमा, न्युजिल्याण्डले ठुलो लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात गरे पनि त्यसलाई निरन्तरता दिन सकेन । ९ ओभरमा ८७.२ को स्थितिमा रहेको घरेलु टोली इंग्ल्याण्डको क्लिनिकल बलिङसामु निरीह बन्यो।
इंग्ल्याण्डका लागि भरपर्दा आदिल रसिदले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । न्युजिल्याण्ड १८ ओभरमा १७१ रनमा अलआउट भयो । अब इंग्ल्याण्डले बिहीबार अकल्याण्डमा हुने तेस्रो खेल जितेर शृङ्खला आफ्नो पक्षमा पार्न सक्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण