बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

रौतहटमा ठुलो परिमाणको नशालु इन्जेक्सनसहित महिला पक्राउ

सोमबार, ०३ कात्तिक २०८२, १८ : ३३
सोमबार, ०३ कात्तिक २०८२

रौतहट। रौतहटमा प्रहरीले ठुलो परिमाणमा नशालु इन्जेक्सनसहित एक महिलालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गतको स्थायी प्रहरी चौकी बमनहरबाट खटिएको टोलीले गौर–चन्द्रनिगाहपुर सडकखण्डको यमुनामाई गाउँपालिका–५ बमनहर नजिकै सोमबार साँझ चेकजाँचका क्रममा ती महिलालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गौरबाट चपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस ना ५ ख ५०६३ लाई रोक गरी जाँच गर्ने क्रममा एक महिलामाथि शङ्का लागेपछि थप तलासी लिँदा ठुलो परिमाणमा लागुऔषध भेटिएको हो।

पक्राउ परेकी महिला म्याग्दी जिल्ला बेनी नगरपालिका–९ फुलचौरकी ६० वर्षीया दिलमाया बिक रहेकी छन् । 

प्रहरीले उनका साथबाट फेनारगन ४९८ पिस, डाईजोपाम ४९१ पिस, नुफिन ४०० पिस र बुप्रेनोर्फिन १०० पिस गरी जम्मा १ हजार ४८९ पिस नशालु इन्जेक्सन बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पक्राउ परेकी महिलालाई बरामद गरिएको लागुऔषधसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप