शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम
सारांश
- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट कायम गरेको छ।
- घाँसे मैदानमा पानी जमेकाले हालका लागि सवारी साधन आवतजावतमा कठिनाइ हुने भएकाले रुट कायम गरिएको छ।
- पर्यटकले घना जङ्गल, वन्यजन्तु र प्राकृतिक दृश्यको अवलोकन गर्न सक्नेछन्।
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट कायम गरेको छ । वर्षात्काे मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जङ्गल सफारी गर्न निकुञ्ज खुला गरिएको हो ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीका अनुसार पर्यटक प्रवेशका लागि रुट कायम गरिएको हो । निकुञ्जको मुख्य आकर्षण मानिने शुक्लाफाँटा घाँसे मैदानका भित्री फाँटमा वर्षाको पानी अझै जमिरहेकाले सो क्षेत्रमा हालका लागि सवारी साधन आवतजावतमा गर्न कठिनाइ हुने भएकाले रुट कायम गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सहज प्रवेशका लागि रुट सञ्चालनमा ल्याएको उनले जानकारी दिए।
चौधरीका अनुसार मझगाउँ–बर्कौला–शुक्लाफाँटा–सिंहपुर–रानीताल–बाबाताल हुँदै पुनःमझगाउँसम्मको रुट पर्यटकका लागि कायम गरिएको छ । बाबातालबाट पनि प्रवेश गरी मझगाउँ पुग्नसक्ने व्यवस्था गरिएको छ ।
“यी दुवै रुट पुरानै हुन्”, निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले भने, “मुख्य रुटमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्थामा छन्, घाँसेमैदानभित्रका फाँटहरूमा अहिले पनि पानी जमेको भएकाले हालका लागि गाडी प्रवेश गराउन सकिने अवस्था छैन ।” निर्धारित रुटमार्फत पर्यटकले घना जङ्गल, वन्यजन्तु र प्राकृतिक दृश्यको अवलोकन गर्न सक्ने उनले बताए ।
निकुञ्जमा अहिले चितुवा, हात्ती, बाघ, गैँडा, हरिण, मृग, नीलगाई र विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । साथै, शुक्लाफाँटाको विशेषता मानिने घाँसेमैदान, बाबाताल, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, रानी ताल र बर्कौला क्षेत्र निकुञ्जभित्रका मुख्य पर्यटकीय आकर्षणका बिन्दु हुन् ।
सूचना अधिकारी बाग्लेका अनुसार वर्षाको पानी सुकेपछि शुक्लाफाँटाका घाँसेमैदानभित्रका सडक पुनः पर्यटकका लागि सफारी सञ्चालन गरिनेछ । “हाल पर्यटकको सहज आवागमनलाई प्राथमिकता दिँदै रुट सीमित गरिएको हो”, उनले भने, “पानी सुकेपछि पूर्ववर्ती रूपमै सफारी सञ्चालन हुनेछ ।”
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालको पश्चिमी भूभागमा अवस्थित एक मात्र घाँसेमैदानयुक्त निकुञ्जका रूपमा रहेको छ । जहाँ विश्वकै दुर्लभ स्वाम्प डियर (बाह्रसिङ्गा) को महत्त्वपूर्ण वासस्थान मानिने उनले जानकारी दिए । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण