कुनै सम्झौता भएन भने चीनले १५५ प्रतिशत कर तिर्नुपर्नेछ : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले नोभेम्बर १ देखि १५५ प्रतिशत कर तिर्नुपर्ने बताए।
- ट्रम्पले चीनले अमेरिकालाई धेरै कर तिरिरहेको र सम्झौता नभए कर बढ्ने चेतावनी दिए।
- ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आगामी साता दक्षिण कोरियामा भेट्ने बताएका छन्।
वासिङ्टन डीसी । अमेरिका र चीन बिच व्यापार सम्झौता भएन भने चीनले नोभेम्बर १ देखि १५५ प्रतिशत कर तिर्नुपर्ने हुन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् । ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा यो कुरा भनेका हुन्।
ट्रम्पले भने, 'मलाई लाग्छ चीनले हामीप्रति धेरै सम्मानजनक व्यवहार गरेको छ। उनीहरूले हामीलाई करमा धेरै पैसा तिरिरहेका छन्। उनीहरूले ५५ प्रतिशत कर तिरिरहेका छन्, जुन धेरै उच्च हो।'
धेरै देशहरूले अमेरिकाको फाइदा उठाएको तर अब उनीहरूले यसो गर्न नसक्ने पनि उनले बताए । 'चीनले ५५ प्रतिशत कर तिरिरहेको छ, र यदि हामी बिच कुनै सम्झौता भएन भने, नोभेम्बर १ देखि कर १५५ प्रतिशतमा बढ्न सक्छ' चेतावनी दिँदै ट्रम्पले भने ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने कार्यक्रम रहेको पनि उनले बताए। आगामी हप्ताहरूमा दक्षिण कोरियामा बैठक हुने बताइएको छ । उनीहरूले अमेरिका र चीन दुवैको हितमा हुने समाधान खोज्ने ट्रम्प आशावादी देखिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण