जेनजी आन्दोलनका घाइतेसँग प्रधानमन्त्रीको भेट, भनिन्, ‘आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ’
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्ने प्रतिबद्धता जनाइन्।
- उनले निर्वाचन समयमै सम्पन्न हुने र भ्रष्टाचारको छानबिन गरिने बताइन्।
- घाइतेहरूले भ्रष्टाचारीविरुद्ध कडा कदम चाल्न र निर्वाचनमा मात्र ध्यान केन्द्रित नगर्न आग्रह गरे।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन्। मंगलबार बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रूपमा तल नपर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएकी हुन्।
उनले जेनजी आन्दोलनले दिएको जनादेशअनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन सम्पन्न हुने बताइन्। साथै, प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि हुने भन्दै राज्यका स्थापित निकायहरूले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिइन्।
छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेहरूले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका थिए। भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिए।
छलफलमा सहभागी सञ्चारमन्त्री जगदीश खरेलले आन्दोलनपछि यसअघिको सरकार र प्रतिनिधिसभा विस्थापित भए पनि पुरानै संरचना कायमै रहेकाले काम गर्न असहज भइरहेको बताए। गृहमन्त्री ओम प्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारेको छानबिनमा भएको कार्यप्रगतिबारे घाइतेहरूलाई जानकारी गराएका थिए।
यद्यपि, घाइतेहरूले जेनजीले उठाएका मुद्दाहरूमा भन्दा सरकारको ध्यान निर्वाचनमा मात्रै गएको भन्दै आपत्ति जनाएका थिए। जेनजी आन्दोलनका क्रममा घाइते भएका रुपिन खड्काको नेतृत्वमा १८ जनाको समूहले प्रधानमन्त्रीसँग छलफल गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण