बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

लागुऔषधसहित तीन जना पक्राउ

मङ्गलबार, ०४ कात्तिक २०८२, १५ : ५५
मङ्गलबार, ०४ कात्तिक २०८२

सिरहा । बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ दक्षिणी सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, चाडपर्व लक्षित सुरक्षा गस्तीमा खटिएको प्रहरीले भारतको लदनियाँ बजार हुँदै नेपाल प्रवेश गरेका तीन जनाका साथबाट विभिन्न प्रकारका १८ एम्पुल बरामद गरिएको हो ।

पक्राउ पर्नेमा सुखीपुर नगरपालिका वडा नम्बर १० का २१ वर्षीय सङ्गीतकुमार सदाय र सोही ठाउँका २० वर्षीय रिझन शर्मा तथा सुखीपुर–६ का १९ वर्षीय सरोजकुमार राम रहेका छन् ।

पक्राउ परेकाहरूमाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप