अश्लील गीतमाथि प्रतिबन्धको माग
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाभित्र अश्लील गीत र चर्को साउण्ड सिस्टममाथि प्रतिबन्ध लगाउन युवाहरूले माग गरेका छन् ।
शहिदनगर युवा मञ्चका प्रतिनिधिहरूले इलाका प्रशासन कार्यालय यदुकुहा पुगेर यस सम्बन्धमा ज्ञापनपत्र बुझाएका छन् ।
मञ्चका अगुवा लालबाबु मण्डलको नेतृत्वमा गएको टोलीमा इन्जिनियर नरेश यादव, राकेश यादव, अन्मोल भण्डारी, झगरु यादवलगायत युवाहरू सहभागी थिए ।
उनीहरूले छठ पर्वका समयमा चर्को साउण्डमा अश्लील गीत बज्ने, ध्वनि प्रदूषण बढ्ने र सामाजिक सौहार्दमा असर पर्ने जनाउँदै प्रशासनलाई तत्काल रोकथामका लागि पहल गर्न आग्रह गरेका हुन् ।
ज्ञापनपत्रमा छठमा लाउडस्पिकरको प्रयोगमा नियन्त्रण, अश्लील गीतमाथि पूर्ण प्रतिबन्ध र सुरक्षालाई कडाइका साथ सुनिश्चित गर्न माग गरिएको छ।युवाहरूले भनेका छन्,“संस्कृति र धार्मिक पर्वहरूलाई मर्यादित र सभ्य ढंगले मनाउन सबैले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्छ । अश्लील गीत र चर्को साउण्डले समाजमा गलत सन्देश फैलाउँछ ।”
प्रशासनले ज्ञापनपत्र प्राप्त गरेको र युवाहरूको मागबारे आवश्यक समन्वय गरी स्थानीय प्रशासन र सुरक्षाका निकायलाई निर्देशन दिने तयारी गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
-
साउदीको सीप परीक्षण विवाद : वैदेशिक रोजगार क्षेत्रमा तरङ्ग, सरकार बेखबर
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण