घट्यो काठमाडौँ महानगरकाे आन्तरिक राजस्व
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोज महिनासम्मको अवधिमा गर्त वर्षको तुलनामा आन्तरिक राजस्व सङ्कलन घटेको छ ।
महानगरपालिका राजस्व विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा महानगरको आम्दानीको प्रमुख स्रोत मानिने आन्तरिक राजस्व सङ्कलनमा भने सङ्कुचन आएको देखिएको छ ।
महानगरको आन्तरिक राजस्व शीर्षकमा अघिल्लो वर्षको तुलनामा १.११ प्रतिशतले कमी आई कुल १ अर्ब ६१ करोड ६१ लाख ४० हजार ६ सय २४ रुपैयाँ ६१ पैसा सङ्कलन भएको छ । अर्थात गत आवको तुलनामा अहिले १ करोड ८१ लाख ५० हजार रुपैयाँ आन्तरिक राजस्व घटेको हो ।
सम्पत्ति करमा १३.७९ प्रतिशत, पर्यटन शुल्कमा ३.४४ प्रतिशत, नक्सापास दस्तुरमा ३४.७८ प्रतिशत र धरौटीमा शतप्रतिशतले गिरावट आएको छ । नक्सापास दस्तुरमा अघिल्लो वर्ष १० करोड ४३ लाख ९७ हजार ७७ रुपैयाँ ७९ पैसा सङ्कलन भएकोमा यस वर्ष ६ करोड ५५ लाख १ हजार ३ सय ७७ रुपैयाँ ७७ पैसामा झरेको छ ।
आन्तरिक राजस्वका शीर्षकहरूमा भने उत्साहजनक वृद्धि देखिएको छ । घरबहाल करमा ८.९३ प्रतिशतको वृद्धि भई ८५ करोड ५ लाख ३६ हजार ४ सय ४ रुपैयाँ ९० पैसा पुगेको छ । यसैगरी, शिक्षा क्षेत्रको आम्दानीमा अघिल्लो वर्षको तुलनामा ३३६.९५ प्रतिशतको विशाल वृद्धि भएको छ ।
जुन १ करोड ६० लाख ५ हजार १ सय ९ रुपैयाँ ९१ पैसा पुगेको छ । प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा पनि ५१.०८ प्रतिशतको वृद्धि भई १ करोड ४ लाख ३३ हजार ८ सय ६८ रुपैयाँ ४० पैसा सङ्कलन भएको छ ।
बाँडफाँडबाट प्राप्त राजस्वमा १.७४ प्रतिशतको सामान्य वृद्धि भई कुल ३६ करोड ५३ लाख १६ हजार ३ सय ११ रुपैयाँ ७५ पैसा पुगेको छ ।
यसमा घरजग्गा रजिष्ट्रेशन दस्तुर ०.६० प्रतिशतले र सवारी साधन कर १४.७१ प्रतिशतले बढेको छ अनुदानतर्फ समग्रमा ४.९४ प्रतिशतको वृद्धि भई कुल ७१ करोड ८४ लाख ७ हजार ९ सय ९८ रुपैयाँ ७१ पैसा पुगेको छ ।
नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान र शर्त अनुदान (चालु तथा पूँजीगत) मा क्रमशः ५.११ प्रतिशत, १०.०८ प्रतिशत र ४३.०९ प्रतिशतको वृद्धि भएको छ। तर, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान (चालु) र सशर्त अनुदान (पूँजीगत) रकम भने प्राप्त भएको देखिँदैन ।
यस वर्ष ’अन्य व्यक्तिगत आन्तरिक अनुदान’ शीर्षकमा नयाँ २ करोड ४८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ ७१ पैसा आम्दानी भएको छ ।
_P7P0TVXybc.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण