‘अपराधीलाई कडा कारबाही, चुनावमा अर्जुनदृष्टि’
सारांश
- नेकपा एसले जेनजी आन्दोलनका क्रममा भएका अपराधको छानबिन गरी कारबाहीको माग गरेको छ।
- सर्वदलीय छलफलमा नेताहरूले चुनाव निष्पक्ष र भयरहित वातावरणमा गर्नुपर्ने धारणा राखेका थिए।
- एकीकृत समाजवादीले शान्ति सुरक्षा सुदृढ बनाउनुपर्ने र उच्चस्तरीय सम्पत्ति छानबिन आयोग बनाउनुपर्ने बताएको छ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जेनजी आन्दोलनका क्रममा भएका अपराध र अपराधीहरुमाथि छानबिन गरेर कडा कारबाही गर्नुपर्ने धारणा छ ।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय छलफलमा पार्टीका वरिष्ठ नेता राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वालाले अपराधीलाई कडा कारबाही र चुनावलाई अर्जुनदृष्टि बनाउनुपर्ने धारणा राखेका हुन् ।
‘अब सबैको अर्जुनदृष्टि चुनाव हुनुपर्दछ । निर्धारित समय फाल्गुन २१ गते निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा प्रतिनिधिसभाको निर्वाचन अनिवार्य रूपमा हुनुपर्छ’, उपाध्यक्ष प्रकाश ज्वालाले छलफलमा राखेको धारणा उद्धृत गर्दै भने, ‘सरकारले नै चुनावको विश्वसनीय वातावरण बनाउनु पर्छ ।’
एकीकृत समाजवादीले निर्वाचनका लागि पहिलो सर्त भनेकै शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइनु पर्ने छलफलमा राखेको बताइएको छ । यसैगरी अपराधीहरुलाई कडा कारबाही गरिनु पर्ने सर्त उसको छ ।
यसैगरी उच्चस्तरीय सम्पत्ति छानबिन आयोग बनाउनुपर्ने, भ्रष्टाचारीमाथि कारबाही हुनुपर्ने र तत्काल सुशासन कायम गर्नुपर्ने सो पार्टीको धारणा छ । त्यस्तै यो पार्टीले लोकतान्त्रिक गणतन्त्र र संविधान लिकमा ल्याउन सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिँदै सबै राजनीतिक दलहरूको मुख्य सरोकार भनेको निर्वाचनका लागि शान्ति सुरक्षाको प्रत्याभूति र भयरहित वातावरण निर्माण गर्नु आवश्यक रहेको जनाएको छ ।
छलफलमा प्रधानमन्त्री कार्कीले सकारात्मक सोच राख्न आग्रह गर्दै सरकार निर्धारित समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको बताएकी थिइन् । ‘सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन्छ, यसमा सबै दलहरूको सहयोग जरुरी छ, दलहरू र जेनजीबिचमा बैठक र छलफल गराएर विश्वासको वातावरण बनाउँछौ’, उपाध्यक्ष ज्वालाले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘सर्वदलीय बैठक निरन्तर गर्छौँ, निर्वाचनका लागि सबै दलहरूले हामीलाई सहयोग गर्नुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण