रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी
सारांश
- रौतहटको चन्द्रपुरमा यात्रुवाहक बसमा आगलागी हुँदा ३५ लाखको क्षति भएको छ।
- काठमाडौंबाट चन्द्रपुरतर्फ आउँदै गरेको बसमा ब्याट्रीको तार सर्ट भएर आगलागी भएको थियो।
- ब्रेक जाम भएर रोकिएको बसका यात्रु सकुशल निस्किए, राजमार्ग केहीबेर अवरुद्ध भयो।
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान यात्रुवाहक बसमा आगलागी भएको छ। आगलागीबाट बस पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बस सञ्चालकले जनाएका छन्।
काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७ः२० बजे ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार, बसको ब्रेक जाम भएर तार सर्ट भएपछि गाडी एक्कासी रोकिएको थियो। बस रोकिनासाथ यात्रुहरू सबै बाहिर निस्केकाले कुनै पनि मानवीय क्षति हुन पाएन।
घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा बारुण यन्त्र परिचालन गरी आगो करिब सवा ८ बजे नियन्त्रणमा लिइएको थियो।
आगलागीका कारण पूर्व-पश्चिम राजमार्ग केही समयका लागि अवरुद्ध भए पनि अहिले सवारीसाधनको आवागमन सहज बनेको डीएसपी लाबुङले बताएकी छिन्। प्रहरीले आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
-
साउदीको सीप परीक्षण विवाद : वैदेशिक रोजगार क्षेत्रमा तरङ्ग, सरकार बेखबर
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण