बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु

बुधबार, ०५ कात्तिक २०८२, १८ : १९
बुधबार, ०५ कात्तिक २०८२

रौतहट । रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षकाे मृत्यु भएको छ । गौर नगरपालिका वडा नम्बर ५ का पूर्व वडाध्यक्ष रामस्वार्थराय यादवको  बुधबार करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौरस्थित आफ्नै बाख्रा फर्ममा पानी भर्न मोटर चलाउने क्रममा यादवलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक यादव नेकपा एमालेका जिल्ला कमिटी सदस्य थिए । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप