धनकौलमा मेयर कप क्रिकेट प्रतियोगिता सुरु
बुधबार, ०५ कात्तिक २०८२, १९ : २६
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा बुधबारदेखि “मेयर कप क्रिकेट प्रतियोगिता–२०८२” सुरु भएको छ । प्रतियोगिता धनकौलस्थित चीनी मिलको क्रिकेट मैदानमा सुरु भएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सुरु गरिएको प्रतियोगिताको यो छैटौँ संस्करण हो ।
प्रतियोगितामा धनकौल गाउँपालिकाका ८ वटा टोलबिच प्रतिस्पर्धा हुनेछ । आजको पहिलो खेलमा वडा नम्बर ५ हरकठवाले वडा नम्बर १ शेखवनालाई ६७ रनले पराजित गरेको छ ।
कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति तथा पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंह र धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले संयुक्त रूपमा गरेका थिए ।
गाउँपालिकाद्वारा आयाेजना गरिएकाे प्रतियोगिता कार्तिक १२ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
-
साउदीको सीप परीक्षण विवाद : वैदेशिक रोजगार क्षेत्रमा तरङ्ग, सरकार बेखबर
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण