‘जेनजी आन्दाेलनमा ढुङ्गा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस् सजाय भोग्न तयार छु’
बुधबार, ०५ कात्तिक २०८२, २० : ०२
काठमाडौँ । अभिनेता निश्चल बस्नेतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा कहीँकतै ढुङ्गा हानेको,आगजनी गरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अभिनेता बस्नेतले यस्तो बताएका हुन् ।
उनले भने, 'मैले कतै पनि ढुङ्गा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिए पनि भोग्न तयार छु । प्रमाण खोज्दा म ढुङ्गा हान्दै थिए कि रोक्दै थिए स्पष्ट हुन्छ, त्यसैले कृपया म माथि छानबिन गर्न आग्रह गर्दछु ।'
उनले आफू भ्रष्टाचारको विरोध गर्न आन्दोलनमा गएको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण