ट्रम्पले क्यानाडासँगको सबै वार्ता अन्त्य गरे
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको वार्ता तत्काल अन्त्य गर्ने घोषणा गरेका छन्।
- ट्रम्पले क्यानाडाले अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रिगनलाई ट्यारिफविरुद्ध बोलेको देखाएको विज्ञापनको कारण यस्तो निर्णय लिएका हुन्।
- क्यानाडाले जारी गरेको विज्ञापनमा रोनाल्ड रिगनको पुरानो भिडियो समावेश थियो, जसमा उनले व्यापारिक साझेदारीको कुरा गरेका थिए।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको सबै वार्ता तत्काल अन्त्य गर्ने घोषणा गरेका छन् ।
ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्म ‘ट्रुथ’मा लेखेअनुसार क्यानाडाले एउटा विज्ञापन प्रचार गरेको थियो जसमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रिगनलाई ट्यारिफविरुद्ध बोलेको देखाइएको थियो ।
ट्रम्पले लेखेका छन्, ‘उसको अत्यन्त अनुचित व्यवहारका आधारमा क्यानाडासँगको सबै वार्ता तत्काल अन्त्य गरिन्छ ।’
अघिल्लो साता क्यानाडाले जारी गरेको एक मिनेट लामो विज्ञापनमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रिगनको आवाज सुन्न सकिन्छ, जसमा उनी अमेरिकी र क्यानाडेली झण्डाले सजिएका क्रेन तथा न्यूयोर्क स्टक एक्सचेन्जको झलकका बिच बोलेका देखिन्छन् ।
भिडियोमा सन् १९८७ मा रिगनले गरेको राष्ट्रिय रेडियो सम्बोधनको एक अंश सामेल छ, जसमा विदेशी व्यापार र आर्थिक साझेदारीका कुरा थियो ।
ट्रम्प प्रशासनले हालै क्यानाडाबाट आयात हुने वस्तुमा ३५ प्रतिशत ट्यारिफ लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण